स्वस्थानी ब्रत प्रारम्भ, यस्तो छ महिमा

काठमाडौँ – शहीद स्मारक बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्कबिहिन भएका छन्। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै खेलाडीलाई क्लबको सम्पर्कमा आउन भनेको छ।

फागुन ११ गतेदेखि सुरू हुने तय भएको लिग सुरू गर्न १ महिना बाँकी हुँदा खेलाडी सम्पर्क बिहिन भएका हुन्।
बी डिभिजन लिग २०७६ सालको चैतमा चलिरहँदा नोबेल कोरोना भाइरस (कोभिड१९) का कारणले बीचमै रोकिएको थियो।

उक्त लिगको निरन्तरताका रुपमा फागुन ११ गतेदेखि सुरू हुँदैछ । अभ्यास सुरू गर्ने समयमा खेलाडी भागेपछि क्लबहरु अलमलमा परेका छन्। एन्फाले क्लबले दर्ता गरेका खेलाडी सम्पर्कमा नआए कानुन अजुसार कारबाही गर्ने सूचनामार्फत बताएको छ।

Comments (0)
Add Comment