कोरियाको अस्पतालबाट नेपाली चेलीको विलौना,मलाई बचाईदिनुहोस!

271

ईपिएस मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएकी नेपाली चेली कोरियाको अस्पतालबाट जिवन बचाईदिन अनुरोध गरेकी छन। विगत लामो समयदेखी मृगौलाको समस्या भोग्दै आएकी उनी अहिले दुवै मृगौला फेल भएर हाल फाजुको ईल्सान अस्पतालमा जिवनमरणको दोषाधमा मृत्युसंग

संङ्घर्ष गरेकी छन। यी बैनी मगर म क्षेत्री । यिनी कुन जिल्लाकी हुन मलाइ थाहा छैन र मैले यिन्लाइ यसभन्दा अगाडि कतै देखेको भेटेको वा चिनेको थिइंन । यिनी कोरिया कहिले आइन मलाइ त्योपनी थाहा छैन र जान्नुपनी छैन । अहिले सुन्नमा आय अनुसार यिनको दुबै मृगौलाले काम गर्न छोडेर अस्पतालमा रैछिन र यिनलाइ उपचार खर्चको जरुरत रैछ । मैले यिनको उपचार खर्चमा केही राहत होस भनेर कोरियन वन 1 लाख हालिदियको छु । हुनत यो रकम यिनको उपचारमा लाग्ने खर्चको तुलनामा कुनै ठूलो रकम हैन तर मजस्तो गरिबिको पीडा झेल्न नसकेर बिदेशिन बाध्यता परेको श्रमिकको जिबनको लागि भने ठुलै रकम हुनसक्छ । मैले यहाँ आफुले गरेको सहयोगको प्रचार प्रसार गर्न खोजेको हैन र आफुलाइ महान देखाउन खोजेकोपनी हैन । म मात्र एउटा
हामी नेपाली दाजु भाइहरु बिदेश छिर्नासाथ नेपाली दिदी बहिनिलाइ हवसको नजरले हेर्ने गर्छौं र नेपाली दिदी बहिनिलेपनी बिदेश छिर्नासाथ हामी दाजु भाइहरुलाइ घृणाको दृष्टिले हेर्नुहुन्छ । जुन मैले देखेको छु , भोगेको छु र सुनेको छु । यो एकदम गलत छ रमाइलो गर्नुपर्छ , हांसिमजाक गर्नुपर्छ त्यो आफ्नो मर्यादाको दायराभित्र रहेर तर कमसेकम बिदेश आइसकेपछित नेपाली दिदी बहिनिहरुले नेपालि दाजुभाइलाई इज्जत गर्न सिक्नुस र नेपाली दाजुभाइ हरुलेपनी नेपाली दिदी बहिनी हरुलाइ सम्मान दिन जान्नुस । बिदेश आयपछी हामी एउटै परिवार जस्तो भयर किन नबस्ने ?

बिदेश बसाइंकै क्रममा कोहि कोहि मायाप्रेममा बांधिन्छन भने त्यो पाइन्छ यो कुनै अनैतिक कार्य हैन तर क्षणिक स्वार्थको लागिमात्र कसैसंग मायाको नाटकपनि नगरौं । हो सुखमा हामिलाइ कोहिपनी नचाहिन सक्छ यतिसम्मकी आफ्नै घर परिवारपनी नचाहिन सक्छ तर जब बिदेशी भुमिमा आपत आइलाग्छनी कोहि नेपाली बोल्ने मान्छे देखेपनी ठूलो राहतको महशुस हुन्छ । दुख पर्दा काम लाग्ने भनेको आखिर नेपाली दिदी बहिनी र नेपाली दाजुभाइनै हुन ।

त्यसैले म यत्ती भन्न चाहन्छुकी नेपालमात हामी बेरोजगार भयर बिग्रीयौं बिग्रीयौं तर बिदेशी भुमिमा आइसकेपछित जात , धर्म , लिंग , वर्ण , राजनिती भन्दा माथी उठेर मात्र नेपाली भयर सोचौं नेपाली बनेर बाचौं । अनि सक्छौं भने स्वदेश फर्केपछिपनी यहि ब्यबहारलाई निरन्तरता दिउं । जय जन्मभुमी ।

Leave A Reply

Your email address will not be published.