श्रमिक बैंक स्थापना

283

काठमाडौं : श्रमिक बैंक स्थापना भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्लालयले भर्चुअल कार्यक्रमको आयोजना गरी श्रमिक बैंक स्थापना गरेको हो। मन्त्रालयले आइतबार कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०७६/७७ मा कार्य सम्पादन र चालु आव

२०७७/७८ को लागि लक्ष्यको विषयमा बोल्दै मन्त्री रामेश्वर राय यादवले श्रमिक बैंकको घोषणा गरेका हुन्। श्रमिक बैंक स्थापनापश्चात सबै क्षेत्रमा कार्यरत औपचारिक तथा अनौपचारिक मजदुरको तथ्याङ्क मन्त्रालयसँग रहने छ। मन्त्री यादवले श्रमिक बैंकले सबै मजदुरलाई कामअनुसार श्रेणी दिइने बताए। कुन
५ महिनापछि : पहिलो उडान नारिता
काठमाडौं : कोरोनाका कारण उडान बन्द भएको करिब ५ महिनापछि नेपाल एयरलाइन्सले जापानको नारिता उडान र मलेसियाको क्वालालाम्पुरबाट मालिन्दो एयरले काठमाडौं उडान भर्ने भएका छन्।भदौ १६ गतेबाट पुनः सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय उडान तालिकामा भदौ १७ गते अर्थात् सेप्टेम्बर २ तारिकमा दुवै एयरलाइन्सले काठमाडौं अवतरण गर्दै छन्। नियमित उडानसँगै चार्टर्ड उडानलाई निरन्तरता दिने सरकारको तयारी छ।

सरकारले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकामा मलेसियासँगै टर्कीको इस्तानाबुल, कोरियाको सिओल, चीनको गोन्जाओ, सारजहा, कतारको दोहा र दुबईबाट नेपालमा दैनिक उडान हुनेछन्। यी बाहेक नेपाली वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि जापानको नारिता, चीनको चंगगुइङ, मलेसियाको क्वालालाम्पुर, युनाइटेड अरब इमिरेट्को आबुधाबी र दुबई र हङकङमा उडान भर्ने तालिका सार्वजनिक भएको छ।

दिनको ५ सयभन्दा बढी यात्रु ल्याउन नपाउने सरकारको नियमानुसार हरेक दिन बढीमा २ वटा उडान राखिएको पर्यटन मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिए। भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि नेपाली नागरिक, विदेशी दातृ संस्थामा कार्यरत र कूटनीतिक नियोगका प्रतिनिधिबाहेक अन्य विदेशी पर्यटक नेपाल आउन नपाउने भनिएको छ।

Leave A Reply

Your email address will not be published.